Section 19
गैर कानूनी तवरले ट्रेडमार्क प्रयोग गरेमा हुने सजाय
: कसैले दफा १६ को उपदफा (२)  उल्लंघन गरेमा वा दफा १८ को उपदफा (३) बमोजिम बदर भएको ट्रेडमार्क चलाएमा वा दफा  १८ख. उल्लंघन गरेमा विभागको आदेशले कसूरको मात्रा अनुसार एकलाख रूपैयाँसम्म  जरिवाना हुन सक्नेछ र सो कसूरसंग सम्बन्धित सबै मालसामान जफत हुनेछ ।